+
+
Shares

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते २२:२७
बारबर्दिया–११ मा चितुवाको आक्रमण पश्चात् शवको मुचुल्का उठाउँदै प्रहरी

२२ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ९ गाउँ नं १३ बस्ने ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुर बस्ने ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।

डाँगीलाई नेपाल–भारत सिमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजबिनको क्रममा दशगजा नजिकै बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए ।

त्यसैगरी मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिकाको वडा नं ११ मा रहेको जनजागृती सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यस अघि गत माघ ७ गते सोही गाउँमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार, गत साउन यता सात जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

(बर्दियाबाट यज्ञ प्रसाद सापकोटाको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?