News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानमा शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ ।
शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको हलमा हुने तय गरिएको छ।
जिल्ला समन्वय समितिको भवनका दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। सुरुमा एक स्थानबाट मतगणना सुरु गरिने र आवश्यकता अनुसार तीन स्थानसम्म मतगणना गर्न सकिने मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताए । सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।
जिल्लाभरका मतदान केन्द्रबाट ल्याइएका मतपेटिका सदरमुकाम खलंगामा बुझ्ने क्रम अहिले पनि जारी छ। अधिकांश स्थानका मतपेटिका खलंगा ल्याइसकिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
मतगणनाका लागि समन्वय समितिको हलमा तारजाली, विद्युत् तथा सिसी क्यामेरा लगायत आवश्यक सुरक्षा र व्यवस्थापन मिलाइएको छ ।
प्रतिक्रिया 4