+
+
Shares

गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २२ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।
  • चन्द्रकोट गाउँपालिका–१ बाट प्रारम्भिक मतगणनाअनुसार सागर ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ र नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत पाएका छन्।
  • मतगणना गुल्मी–१ को कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाबाट सुरु भएको र परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२२ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन्।

चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन्।

गुल्मी–१ मा कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो। प्रारम्भिक मतगणनामा ढकालले अग्रता लिए पनि मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?