News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा क्षेत्र नम्बर १ को चुमनुव्री गाउँपालिकाका २३ मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट मतगणना स्थलमा ढुवानी गरिएको छ।
- मतगणना जिल्ला समन्वय समितिको भवनमा सर्वदलीय बैठक बसेर सुरु गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
- गोरखा १ मा रास्वपाका सुधन गुरुङ, नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपा एमालेका रामचन्द्र लामिछाने लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
२२ फागुन, गोरखा । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सो क्षेत्रका २३ मतदान केन्द्रको पेटिका मतगणना स्थल ल्याइएको हो । सो क्षेत्र अन्तर्गतका अन्य मतदान केन्द्रको मतपेटिका भने बिहीबार राति नै संकलन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अब सर्वदलीय बैठक बसेर मतगणना सुरू गर्ने बताइएको छ । गोरखा १ को मतगणना जिल्ला समन्वय समितिको भवनमा हुनेछ । यस क्षेत्रमा रास्वपाका सुधन गुरुङ, नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपा एमालेका रामचन्द्र लामिछाने, नेकपाका हरिराज अधिकारी, राप्रपाका केदारमणि खनाल लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4