२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार विपिनकुमार आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।
२२ हजार मत गणना हुँदा विपिनकुमार आचार्यले १० हजार १०७ मतले प्राप्त गरेका छन् ।
उनी एमालेका शंकर पोखरेल भन्दा दोब्बर मतले अगाडि छन् । शंकरले ४ हजार ७५५ मत प्राप्त गरेका छन् । विपिनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतअन्तार पनि बढाउँदै लगेका छन् ।
त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ३ हजार ३७० र नेकपाका उम्मेदवार निर्मल आचार्यले २ हजार ८४८ मत प्राप्त गरेका छन् ।
दाङ २ मा कुल ८२ हजार ६ सय मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4