News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेता उषाकिरण तिमल्सिनाले पार्टीको सिंगो कमिटीले पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी छन्।
- महासचिव शंकर पोखरेलले पराजय स्विकार्दै परिवर्तनको प्रयास सफल नभएको सामाजिक सञ्जालमा लेखेका छन्।
- उषाकिरणले शंकर पोखरेललाई 'आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड' भनेकी छन्।
२३ फागुन, काठमाडौं । नेकपा एमालेकी नेता उषाकिरण तिमल्सिनाले पार्टीको सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी छन् ।
पार्टीका महासचिव शंकर पोखरेलले पराजय स्विकार्दै परिवर्तनको लहरका सामु आफूहरूको प्रयास सफल हुन नसकेको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यसमा टिप्पणी गर्दै उषाकिरणले भनेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड । राजनीतिमा सबैभन्दा ठुलो कुरा नैतिकता हो ।’
यहीँनेर उनले पार्टीको सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी हुन् ।
‘समाजबाट पुरै बेखबर तपाईँ र सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी छ । तपाईँको पुस्ता सामान्य असफल मात्रै होईन, यो सर्वनासको कारण पनि हो’ उषाकिरण लेख्छिन्, ‘खासमा बस्तुगत भएर मात्र अगाडी बढ्न वा नबढ्न सकिन्छ । आगे जो ईच्छा कमरेड ।’
प्रतिक्रिया 4