+
+
Shares

पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’

पोखरेलले भनेका छन्, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी पराजय स्वीकार गर्दै नयाँ परिवर्तनको अपेक्षासहित जनताले दिएको मतका कारण सफल हुन नसकेको उल्लेख गरे।
  • पोखरेलले निकटतम प्रतिद्वन्द्वी रास्वापका विपिन आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
  • उनले निर्वाचन अभियानमा साथ दिने नेता–कार्यकर्ता, समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै लोकतन्त्रमा हार र जित दुवै स्वाभाविक प्रक्रिया भएको बताए।

२३ फागुन, दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी पराजय स्विकारेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नयाँ परिवर्तनको अपेक्षासहित जनताले दिएको मतका कारण यसपटक आफू सफल हुन नसकेको स्वीकार गरेका हुन् ।

पोखरेलले भनेका छन्, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।’

उनले निकटतम प्रतिद्वन्द्वी रास्वापका विपिन आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। त्यस्तै उनले रास्वपाबाट प्रस्तावित प्रधानमन्त्री भनिएका बालेन शाहलाई कार्य सफलताको कामना गरेका छन् ।

उनले निर्वाचन अभियानमा निरन्तर साथ र सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

उनले लोकतन्त्रमा हार र जित दुवै स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निराश नहुन र सकारात्मक सोचका साथ आफ्नो जिम्मेवारीमा लागिरहन सबैलाई आग्रह गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?