+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
६५ बलमा १०३ रन आवश्यक
विराटनगर किंग्स 2025
53/6 (9.1)
Shares

पार्टीमा ओलीको भन्दा पोखरेलको कम योगदान छैन : उषाकिरण तिमल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:४८

२३ मंसिर, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले ईश्वर पोखरेलको पार्टीमा योगदान केपी ओलीको भन्दा कम नभएको जिकिर गरेकी छिन् ।

केपी ओली र ईश्वर पोखरेल सँगै राजनीतिमा लागेको उल्लेख गर्दै उनले कोअर्डिनेसन केन्द्रदेखि नै पोखरल निरन्तर रुपमा देशका सम्पूर्ण भूगोलमा गएर पार्टीको काम गरेको बताइन् ।

पोखरेलले सामुहिक रुपमा पार्टी चलाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

‘कमरेड केपी शर्मा ओली जुन बेलादेखी पार्टी राजनितिमा जोडिनुभएको थियो । सोही बेलादेखि नै पार्टी राजनीतिमा हुनुभएका, कोअर्डिनेसन केन्द्रदेखी निरन्तर रुपमा यो देशका सम्पूर्ण भूगोलमा गएर पार्टीको काम गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हाम्रो टिमको नेतृत्व गरेर उभिनुभएको छ । उहाँले सामुहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनिन् ।

ओलीले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर आफुहरुको कुरा नसुनेको गुनासो गर्दै उनले ोखरेलले आफूहरुका कुरा सुन्ने विश्वास व्यक्त गरे ।

भीम रावल र पूर्व राष्ट्रपति विद्या भण्डारीले केपी ओलीको विपक्षमा बोलेको कारण नै पार्टी सदस्यता खोसिदिएको आरोप उनको थियो ।

‘आज केपी शर्मा ओली जसले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर हामीले भनेको कुरा सुन्नुभएन, हामीलाई के विश्वास छ भने हाम्रो नेताले हाम्रो कुरा सुन्नुहुनेछ, सुन्नुभएन भने हामी फेरि सुन्ने गरी ठूलो आवाजमा भन्नेछौँ । यो आवाज आज दिन प्रतिदिन बढिरहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?