+
+
Shares

देउवालाई भेटेर मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले खुवाए मिठाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १८:३३
Listen News
0:00
0:30
🔊

२३ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो ।

मुख्यमन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादव काठमाडौं आएर देउवालाई भेटेका हुन् । सो क्रममा उनले सभापति देउवालाई मिठाइ पनि खुवाएका छन् ।

यादव सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले  गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?