+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सुर्खेत-२ बाट हृदयराम थानीसहित ६ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १८:३८

२३ मंसिर, सुर्खेत । प्रतिनिधिसभाको उम्मेदवारका लागि सुर्खेत क्षेत्र–२ बाट कांग्रेस नेता हृदयराम थानी सहित ६ जनाको नाम प्रत्यक्षमा सिफारिस गरिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले थानी सहित ६ जनाको नाम सिफारिस गरेको हो । थानी गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सुर्खेत क्षेत्र–१  बाट कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस हुँदा २ बाट भने ६ जनाको नाम सिफारिस भएको कंग्रेस सुर्खेतका सचिव देव कुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार सुर्खेत २ बाट प्रत्यक्ष तर्फ नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

त्यस्तै समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ गंगा नेपाली बस्याल, पार्वती गिरी, धना बिष्ट, भिम शाही नेपाली र भगे कामीको नाम सिफारिस गरिएको सचिव सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?