२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम धनकुटाबाट पनि सिफारिसमा परेको छ ।
जिल्ला कार्यसमिति बैठकले २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो ।
लागि प्रत्यक्षतर्फ पहिलो नम्बरमा महामन्त्री थापा र दोस्रोमा दिनेश राईको नाम सिफारिस गरिएको छ । राई धनकुटाका जिल्ला सभापति हुन् । हरिकुमार राई, मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवार तर्फ सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ करुणा कटुवाल, टिकादेवी भण्डारी, अम्बिका धमला, सीता प्रधान र मीना राईको नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ उम्मेदवार रहेकी कटुवाल जेनजी हुन् । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेवारको नाम टुंगो लगाएको हो ।
महामन्त्री थापाको नाम रोल्पाबाट पनि सिफारिस गर्ने गरेको छ । काठमाडौं–४ क्षेत्रीय समितिले भने बुधबार सिफारिस गर्ने भएको छ ।
यसअघि कांग्रेस रोल्पाले पनि उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
रोल्पाबाट महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया 4