+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ।
  • कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले थापासँगै चार जनाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए।
  • सिफारिस भएका अन्य उम्मेदवारमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली रहेका छन्।

२३ मंसिर, काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार रोल्पाबाट महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?