+
+
Shares

ओलीलाई हराएपछि बालेनको सेलिब्रेसन, हेर्नुस् तस्वीरहरू

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन २३ गते १९:०१

२३ फागुन, काठमाडौं । भारी मतान्तरसहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका रास्वपा वरिष्ठ नेता बालेन शाहले मतदातालाई धन्यवाद दिएका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् ।

केहीबेर अघि सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट प्रमाणपत्र पनि ग्रहण गरिसकेका छन् ।

प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए । जहाँ लेखिएको छ, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ ।’

झापा-५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो ।

काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?