+
+
Shares

धनुषा-४ मा रास्वपा उम्मेदवार राजकिशोर महतो निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २:५४

२४ फागुन, काठमाडौं । धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो निर्वाचित भएका छन् ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतोले ४८ हजार २७० मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत ल्याएका छन्  ।

१ लाख २७ हजार ७७८ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार ९६७ मत खसेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?