+
+
Shares

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

दिपक खत्री दिपक खत्री
२०८२ फागुन २४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोक-२ बाट नेकपाका युवराज दुलाल २ हजार ५५३ मतान्तरले विजयी भएका छन्।
  • दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका बंशलाल तामाङलाई पराजित गरेका हुन्।
  • दुलालले दुई पटक प्रदेशसभा सदस्य भएर सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

२४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक- २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।

प्रतिनिधिसभा–२ को ‘क’ बाट दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भइसकेका दुलाल युवा नेतृत्व र जनमुखी काम गर्ने शैलीका कारण जिल्लामा लोकप्रिय मानिन्छन्। जिल्लामा सक्रिय र परिणाममुखी नेताका रूपमा परिचय बनाएका कारण अपेक्षाकृत कमजोर संगठनात्मक अवस्थाबीच पनि उनले जित हासिल गरेका हुन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मा ७ फागुन २०३९ मा जन्मिएका दुलालले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। प्रदेशसभा सदस्यका रूपमा दुई कार्यकाल काम गरिसकेका उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास तथा पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए। त्यतिबेला बस्नेतले ३९ हजार ३८१ मत प्राप्त गरेका थिए। उनलाई तत्कालीन माओवादी केन्द्रको समर्थन रहेको थियो।

उक्त निर्वाचनमा एमालेका शेरबहादुर तामाङ दोस्रो स्थानमा रहँदै २७ हजार ५१५ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ २ हजार ४५३ मतमा सीमित भएकी थिइन्।
यस पटकको निर्वाचनमा भने इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष बंशलाल तामाङसँग कडा प्रतिस्पर्धा भए पनि युवराज दुलालले अन्ततः विजय हासिल गर्न सफल भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?