+
+
Shares

चार महिनाअघि खुलेको श्रम संस्कृतिले जित्यो ३ सिट

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १६:०४

२४ फागुन, काठमाडौं । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीन स्थानमा जित हासिल गरेको छ ।

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्दछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?