+
+
Shares

रास्वपाबाट उम्मेदवार बनेका पाँचै पूर्वसुरक्षाकर्मी विजयी

राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान, राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका पूर्वआईजी सर्वेन्द्र खनाल भने पराजित भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १८:४५

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओखलढुंगा उम्मेदवार विश्वराज पोखरेल निकै कठिन जित निकाले

जारी निर्वाचनको अहिलेसम्मको परिणामा आउँदा सबैभन्दा कठिन अर्थात साँघुरो जित निकाल्ने उनै पोखरेल हुन् । उनले ५ मतान्तरको रोचक र कठिन जित निकाले ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । ५ मतान्तरको जित निकाल्ने पोखरेल पाँचौं पूर्वसुरक्षाकर्मी हुन् ।

यसअघि चार सुरक्षाकर्मीले यो निर्वाचनमा जित निकालिसकेका छन् । त्यो पनि सबै रास्वपाबाट ।

पोखरेल पूर्वएआईजी हुन् । आईजीपीको मुख्य दाबेदार हुँदाहुँदै तत्कालीन सरकारले डेढ वर्ष जुनियरलाई आईजीपी बनाएपछि उनी राजिनामा दिएर हिँडेका थिए । प्रहरीबाट राजिनामा दिएको साढे तीन वर्षपछि उनी सांसद बने ।

पोखरेलजस्तै निर्वाचन जित्ने अर्का पूर्वप्रहरी हुन विक्रम सिंह थापा । पूर्वएसएसपी थापाले रास्वपाबाटै निर्वाचन जिते । कपिलवस्तु २ बाट उम्मेदवार बनेका उनी २७ हजार ६३५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र राज आचार्यले २१ हजार ५२७ मत ल्याए ।

थापा नेपाली कांग्रेसबाट समेत उम्मेदवार सिफारिस भएका थिए । तर कांग्रेसभित्रको आन्तरिक द्वन्द्वपछि उनी रास्वपा प्रवेश गरे । रास्वपा प्रवेश गर्दा उनी नेपाली कांग्रेसको महाधिवेश प्रतिनिधि समेत थिए ।

यसअघि उनी २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशसभा उम्मेदवार बनेका थिए । त्यतिबेला उनी पराजित भएका थिए ।

निर्वाचन जित्ने अर्का पूर्वसुरक्षाकर्मी हुन् गोविन्द पन्थी । गुल्मी क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्वडीएसपी पन्थीसँग नेकपा एमालेका उम्मेदवार (एमाले उपाध्यक्ष) गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित विजयी भए ।

पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६ हजार ३८२ मत प्राप्त गरे ।

रास्वपाको उम्मेदवार बन्नुपूर्व उनी कुनै पार्टीमा आबद्ध थिएनन् । ३० वर्ष प्रहरी सेवा गरेर डीएसपी दर्जाबाट उनी २०८१ सालमा अवकाश भएका थिए ।

महानगर प्रहरीबाट संसद् छिरेका राजुनाथ पाण्डेले चर्चित उम्मेदवार कुलमान घिसिङलाई हराए । काठमाडौं ३ मा रास्वपाबाट उम्मेदवार बनेका पाण्डेले सहज जित निकाले ।

उनले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।

राजनीतिमा लाग्नुपूर्व उनी महानर प्रहरी थिए । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुख (एसएसपी)को रुपमा उनी कार्यरत थिए ।

मेयर बालन शाहले समेत राजीनामा दिएर रास्वपा प्रवेश गरेपछि उनका विश्वासपात्र पाण्डे पनि राजनीतिमा होमिएका थिए । उनी पनि पहिलो प्रयासमै निर्वाचित भए ।

संसद छिर्ने अर्का पूर्वसुरक्षाकर्मी हुन् शम्भु सुस्केरा (शम्भुप्रसाद ढकाल) । झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका उनी ४३ हजार ६३१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका एलबी साँवा लिम्बुले ११ हजार ९८६ मत ल्याए ।

झापाको कनकाई नगरपालिका–१ मा बस्दै आएका उनी पूर्व नेपाल प्रहरी हुन् ।

वास्तविक नाम शम्भुप्रसाद ढकाल भए पनि शम्भु सुस्केराबाटै उनी परिचित छन् ।  यही नामबाट  ‘शहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ कथा संग्रह उनले प्रकाशित गरे ।

प्रहरीमा रहँदा प्रहरी कार्यक्रमका लागि १ वर्ष रेडियो कान्तिपुर, १४ वर्ष रेडियो नेपालमा कार्यक्रम उत्पादक र प्रस्तोताको रुपमा उनले काम गरे । ट्राफिक एफएममा ३ वर्ष कार्यक्रम प्रमुखको रुपमा काम गरे । २२ वर्षसम्म प्रहरीमा सेवा गरेका उनी सई पदबाट राजिनामा दिएर राजनीतिमा होमिए ।

राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान, राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका पूर्वआईजी सर्वेन्द्र खनाल भने पराजित भए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?