+
+
Shares

प्युठानमा समानुपातिकमा पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १०:५१

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्युठानमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ ३० हजार ७५२ मत प्राप्त गरेको छ । यो मत प्रत्यक्षतर्फ पाएको भन्दा ३ हजार २८३ बढी हो । रास्वपाले प्रत्यक्ष निर्वाचनमा २७ हजार ४६९ मत प्राप्त गरेको थियो ।

समानुपातिकतर्फ नेकपा एमाले दोस्रो स्थानमा रहँदै १६ हजार १९५ मत प्राप्त गरेको छ । एमालेले प्रत्यक्षतर्फ भने १६ हजार ७१० मत पाएको थियो ।

नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ हजार २२६ मत पाएको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ हजार ३३८ मत प्राप्त गरेको थियो ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ हजार १८१ मत पाएको छ भने राष्ट्रिय जनमोर्चाले ७ हजार ६७९ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नेकपाले ९ हजार ७४ र जनमोर्चाले ७ हजार ६५४ मत पाएका थिए ।

प्युठानमा कुल १ लाख ६५ हजार ६५२ मतदाता रहेकोमा समानुपातिकतर्फ ८५ हजार १०८ मत खसेको थियो ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ भने रास्वपाका सुशान्त बैदिक निर्वाचित भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?