News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन पनि जारी छ।
- नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले १५ हजार २ सय ५२ मतसहित अग्रता कायम राखेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले १४ हजार २ सय ६५ मत पाएका छन् र उनीहरूबीच ९ सय ५४ मतान्तर छ।
२५ फागुन, संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो पनि दिन जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका छन् ।
हालसम्मको मतगणनामा एमालेका कार्कीले १५ हजार २ सय ५२ मत ल्याएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १४ हजार २ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
एमालेका कार्की र (रास्वपा) का शेर्पाबीच ९ सय ५४ मतान्तर छ । खाँदबारी नगरपालिका ८ र ४ को २ हजार ७ सय ८६ मत गणना हुन बाँकी छ ।
एमालेका कार्की र रास्वपाका शेर्पाबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा भइरहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १२ हजार ६ सय १४ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ६ सय ३० मतका साथ चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ७ सय ७८३ मत ल्याएकी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६ सय ३४ मत खसेको थियो । एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार थिए ।
प्रतिक्रिया 4