+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता, के भयो कुराकानी ?

मोदीलाई रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा धन्यवाद दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

२५ फागुन, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् । फोन संवादमा प्रधानमन्त्री मोदीले रवि–बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन् ।

‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु,’ संवादपछि फेसबुकमा प्रतिक्रिया दिँदै मोदीले लेखेका छन्, ‘सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट  साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु ।’

प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

मोदीलाई रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा धन्यवाद दिएका छन् । रास्वपाले अघि सारेको विकास कुटनीतिलाई  प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्दिका लागि मिलेर काम गर्ने लामिछानेले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग लामिछाने र बालेनले दुई देशबिचको सम्बन्धलाई अझै माथि लैजानका लागि पारस्परिक सहकार्यका विषयमा काम गर्ने बताएका छन् । उनीहरुले कनेक्टिभिटी र बाणिज्य तथा उर्जाको विषयमा मिलेर काम गर्न चाहेको पनि उल्लख गरेका छन् ।

मोदीसँग फोन संवादपछि ट्वीटरमा लामिछानेले लेखेका छन्- हामी भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, उर्जा, व्यापार जस्ता विषयमा दुवै देशको हित हुनेगरी सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहन्छौं ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?