+
+
Shares

अस्कर २०२६ : ‘सिनर्स’ र ‘वन ब्याटल आफ्टर अनदर’ बीच कडा प्रतिस्पर्धा

अमेरिकी पत्रिका ‘भेराइटी’ ले सार्वजनिक गरेको अन्तिम पूर्वानुमानअनुसार यसवर्षको अस्कर दौड ब्लकबस्टर र स्वतन्त्र चलचित्र दुवैको प्रभावले भरिएको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १२:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ९८औँ एकेडेमी अवार्ड २०२६ मा उत्कृष्ट चलचित्रको पुरस्कार 'सिनर्स' ले जित्ने सम्भावना बलियो देखिएको छ।
  • 'वन ब्याटल आफ्टर अनदर' ले क्रिटिक्स च्वाइस, गोल्डेन ग्लोब, बाफ्टा लगायतका अवार्ड जितिसकेको छ।
  • रायन कुग्लर उत्कृष्ट निर्देशकको रूपमा अगाडि छन् भने जेसी बक्ली उत्कृष्ट अभिनेत्री बन्ने लगभग निश्चित देखिन्छ।

लस एन्जलस । हलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह ९८औँ एकेडेमी अवार्ड (अस्कर २०२६) केही दिनमै आयोजना हुँदैछ । यसपटकको प्रतिस्पर्धा पछिल्ला वर्षहरूमध्ये सबैभन्दा रोचक मानिएको छ ।

विशेषगरी दुई फिल्म ‘सिनर्स’ र ‘वन ब्याटल आफ्टर अनदर’ बीचको प्रतिस्पर्धा सबैको ध्यानको केन्द्र बनेको छ । अमेरिकी पत्रिका ‘भेराइटी’ ले सार्वजनिक गरेको अन्तिम पूर्वानुमानअनुसार यसवर्षको अस्कर दौड ब्लकबस्टर र स्वतन्त्र चलचित्र दुवैको प्रभावले भरिएको देखिन्छ ।

उत्कृष्ट फिल्मतर्फ ‘सिनर्स’ अगाडि

प्रक्षेपणअनुसार, उत्कृष्ट चलचित्रको पुरस्कार ‘सिनर्स’ ले जित्ने सम्भावना बलियो देखिएको छ । यो फिल्मले जितेमा इतिहास पनि बन्नेछ । किनभने यसले पहिलोपटक कुनै अश्वेत महिलालाई उत्कृष्ट चलचित्रको निर्माता टोलीमार्फत जिताउने सम्भावना छ ।

तर ‘वन ब्याटल आफ्टर अनदर’ पनि कडा दाबेदार मानिएको छ । यस फिल्मले क्रिटिक्स च्वाइस, गोल्डेन ग्लोब, बाफ्टा, डीजीए, पीजीए र डब्ल्यूजीएजस्ता धेरै महत्वपूर्ण अवार्ड जितिसकेको छ, जसका कारण यो पनि बलियो प्रतिस्पर्धी बनेको छ ।

उत्कृष्ट निर्देशकमा रायन कुग्लर अगाडि

उत्कृष्ट निर्देशकतर्फ रायन कुग्लर (‘सिनर्स’) लाई विजेता बन्ने सम्भावना देखाइएको छ । उनका मुख्य प्रतिस्पर्धी भने पल थोमस एन्डरसन (‘वन ब्याटल आफ्टर अनदर’) हुन् ।

अभिनयतर्फ कडा प्रतिस्पर्धा

अभिनय विधामा पनि प्रतिस्पर्धा रोचक बनेको छ । उत्कृष्ट अभिनेता विधामा विधामा ‘सिनर्स’का माइकल बी. जोर्डन, उत्कृष्ट अभिनेत्री विधामा ‘ह्याम्नेट’की जेसी बक्ली, सहायक अभिनेता विधामा ‘सिनर्स’का डेलरोय लिन्डो, सहायक अभिनेत्री विधामा ‘वेपन्स’ बाट एमी म्याडिगन अगाडि छन् ।

विशेषगरी अभिनेत्री विधामा जेसी बक्ली को जित लगभग निश्चितजस्तै देखिएको विश्लेषण गरिएको छ ।

अन्य प्रमुख विधामा अनुमानित विजेता

ओरिजिनल स्क्रिनप्ले : ‘सिनर्स’

एडाप्टेड स्क्रिनप्ले : ‘वन ब्याटल आफ्टर अनदर’

एनिमेटेड फिचर : ‘के-पप डेमन हन्टर्स’

प्रोडक्सन डिजाइन : ‘फ्रान्केनस्टाइन’

सिनेमाटोग्राफी : ‘वन ब्याटल आफ्टर अनदर’

कस्ट्युम डिजाइन : ‘फ्रान्केनस्टाइन’

फिल्म एडिटिङ : ‘वन ब्याटल आफ्टर अनदर’

मेकअप तथा हेयरस्टाइलिङ : ‘फ्रान्केनस्टाइन’

भिजुअल इफेक्ट्स : ‘अवतार -फायर एन्ड एश’

मूल संगीत : ‘सिनर्स’

मूल गीत : ‘गोल्डेन’, के-पप डेमन हन्टर्स

कुन स्टुडियो बलियो ?

पूर्वानुमानअनुसार स्टुडियोतर्फ वार्नर ब्रदर्स ११ सम्भावित अवार्डसहित अगाडि देखिएको छ । त्यसपछि नेटफ्लिक्स ६ अवार्डको सम्भावनासहित दोस्रो स्थानमा छ ।

यस वर्षको अस्करलाई धेरै विश्लेषकले अनिश्चित र रोमाञ्चक भन्दै आएका छन् । ‘सिनर्स’ ले धेरै विधामा जित्ने अनुमान गरिए पनि ‘वन ब्याटल आफ्टर अनदर’ ले अन्तिम क्षणमा परिणाम उल्ट्याउन सक्ने सम्भावना पनि खुला छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?