+
+
Shares

अस्कर २०२६ : माइकल बी जोर्डन बने सर्वश्रेष्ठ अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते ८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता माइकल बी. जोर्डनले फिल्म 'सिनर्स' बाट सन् २०२६ को अस्करमा उत्कृष्ट अभिनेता अवार्ड जितेका छन्।
  • उनले लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा यो सम्मान प्राप्त गरेका हुन्।
  • फिल्म 'सिनर्स' मा उनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षमा रहेका पात्रको भूमिका निर्वाह गरेका थिए।

लस एन्जलस । अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन् ।

‘सिनर्स’मा जोर्डनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षबाट गुज्रिरहेका पात्रको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको कथावस्तु मानव स्वभाव, अपराधबोध र मुक्ति खोज्ने यात्राको वरिपरि घुम्छ । पात्रको जटिल भावनालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको उनको अभिनयलाई समीक्षक र दर्शक दुवैले उच्च प्रशंसा गरेका छन् ।

फिल्ममा उनले निभाएको चरित्र भित्री पीडा, पछुतो र आत्मपरिवर्तनको यात्राबाट गुज्रिरहेको देखिन्छ । यही भावनात्मक गहिराइ र शक्तिशाली अभिनयका कारण उनले यस वर्षको अस्करमा उत्कृष्ट अभिनेता अवार्ड जित्न सफल भएका हुन् ।

‘सिनर्स’ स्वयं पनि यस वर्षको ओस्कारमा चर्चित फिल्ममध्ये एक बनेको छ । फिल्मले विभिन्न विधामा मनोनयन पाएको थियो र यसको कथा, निर्देशन तथा प्राविधिक पक्षले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गरेको छ ।

यो विधामा अन्य चर्चित कलाकारहरू पनि प्रतिस्पर्धामा थिए । किलियन मर्फी– स्मल थिङ्स लाइक दीज, पल मेस्कल– ह्याम्नेट, लियोनार्डो डिक्याप्रियो–वन ब्याटल आफ्टर अनदर, टिमोथी सालामे– अ कम्प्लिट अननोनबाट प्रतिस्पर्धामा थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?