+
+
Shares

कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा

यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै पनि उडान समावेश छैनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतार एयरवेजले मार्च १३ देखि १७ सम्म कम्तीमा १४३ विशेष उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
  • युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द भए पनि कतार एयरवेजले फसेकाहरूलाई घर फर्काउन विशेष उडानहरू सञ्चालन गरिरहेको छ।
  • कतार एयरवेजले मार्च १७ सम्मको उडान तालिका सार्वजनिक गरेको छ, जसमा काठमाडौंबाट प्रस्थान गर्ने वा काठमाडौं आइपुग्ने उडानहरू समावेश छैनन्।

२९ फागुन, काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ।

युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू सञ्चालन गरिरहेको छ।

अलजजिराका अनुसार, शुक्रबार बिहानै कतार एयरवेजले मार्च १७ सम्मको आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै उडानहरू समावेश छैनन् ।

मार्च १३:

  • दोहाबाट प्रस्थान गर्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस र मस्कट।
  • दोहामा आइपुग्ने: एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मुम्बई, दिल्ली, इस्लामावाद, कोलम्बो, न्युयोर्क, साओ पाउलो, बेइजिङ, मनिला, जकार्ता, कायरो।

मार्च १४:

  • दोहाबाट प्रस्थान गर्ने: रियाद, मनिला, जोहानेसबर्ग, मस्कट, ड्यालस, टोरन्टो, कोलम्बो, इस्तानबुल, कायरो, मुम्बई, इस्लामावाद, लन्डन, रोम, म्याड्रिड, फ्र्याङ्कफर्ट, ट्युनिस, मस्को, दिल्ली, बाली डेनपसार।
  • दोहामा आइपुग्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, अल्जियर्स, मियामी, इस्तानबुल, कायरो, जोहानेसबर्ग, लन्डन, म्याड्रिड, फ्र्याङ्कफर्ट, मस्को, ड्यालस।

मार्च १५:

  • दोहाबाट प्रस्थान गर्ने: इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, अल्जियर्स, मेलबर्न, न्युयोर्क, जेद्दाह, कायरो, म्याड्रिड, हङकङ, लन्डन, कासाब्लान्का, पेरिस, इस्लामावाद।
  • दोहामा आइपुग्ने: मस्कट, ट्युनिस, मनिला, ड्यालस, टोरन्टो, कोलम्बो, कायरो, इस्लामावाद, मुम्बई, रोम, म्याड्रिड, लन्डन, कासाब्लान्का, पेरिस, दिल्ली, बाली डेनपसार, पर्थ।

मार्च १६:

  • दोहाबाट प्रस्थान गर्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, एम्स्टर्डम, लन्डन, कोलम्बो, फ्र्याङ्कफर्ट, दिल्ली।
  • दोहामा आइपुग्ने: इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, दिल्ली, अल्जियर्स, जेद्दाह, न्युयोर्क, हङकङ, फ्र्याङ्कफर्ट, एम्स्टर्डम, लन्डन, इस्लामावाद, कायरो।

मार्च १७:

  • दोहामा आइपुग्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, कोलम्बो, लन्डन, एम्स्टर्डम, फ्र्याङ्कफर्ट।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?