+
+
Shares

ओमानमा खसेको ड्रोनका कारण दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु भएको ओमान न्युज एजेन्सीले जनाएको छ।
  • मृत्यु हुने दुवै जना विदेशी नागरिक हुन् र अन्य केही घाइते भएका छन्।
  • सोहार प्रान्तमै अर्को एउटा ड्रोन पनि खसालिएको समाचार एजेन्सीले उल्लेख गरेको छ।

२९ फागुन, काठमाडौं । ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ।

ओमान न्युज एजेन्सीले एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, उक्त ड्रोन अल-अवाही औद्योगिक क्षेत्रमा खसेको थियो, जसका कारण दुई जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्।

एजेन्सीका अनुसार ज्यान गुमाउने दुवै जना विदेशी नागरिक हुन्।

सोहार प्रान्तमै अर्को एउटा ड्रोन पनि खसालिएको उक्त समाचार एजेन्सीले जनाएको छ।

ओमानमा करिब २५ हजार नेपाली रहेको अनुमान छ ।

-अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?