+
+
Shares

काठमाडौं जिल्ला अदालतमा के भइरहेको छ ?

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थित भएर बहस गर्ने जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा १५ चैतमा ल्याइएको छ।
  • न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्याद सम्बन्धी निवेदन पेश हुने भएको छ।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्था प्रतिकूल भएकाले भिडियो कन्फ्रेन्सिङबाट अदालतमा उपस्थित गराइने छ।

१५ चैत, काठमाडौं । पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा ल्याइएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा म्यादसम्बन्धी निवेदन पेश हुने भएको छ । न्यायाधीश श्रेष्ठ जिल्ला अदालतमा आइसकेका छन् ।

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थित भएर बहस गर्ने जानकारी दिएका छन् । तर, न्यायाधीश श्रेष्ठले प्रहरी र सरकारी वकिलको कार्यालयका तर्फबाट फाइल पेश नभएकाले केहीबेर पर्खन भनेका छन् ।

त्यसैले लेखकलाई जिल्ला अदालत काठमाडौंको रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ । अदालत बाहिरपट्टि कार्यकर्ताहरुले प्रदर्शन गर्ने जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालित भएका छन् ।

यसबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा पेश गर्न कठिन भएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताएका छन् । बडालका अनुसार उनको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले अदालतमा ल्याउने अवस्था छैन । त्यसैले भिडियो कन्फ्रेन्सिङ वा भर्चुअल रूपमा उनलाई न्यायाधीशसामु उपस्थित गराइने छ ।

ओली र लेखकलाई थुनामा राख्न नहुने भन्दै बहस गर्ने र बहस हेर्ने कानुन व्यवसायीहरूको भीड अदालतमा लागेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?