News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशका सबै सांसदहरूसँग क्षेत्रीय समस्या र समाधानबारे छलफल गर्नुभएको छ।
- सांसद यज्ञमणी न्यौपानेका अनुसार सबै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे प्रधानमन्त्रीलाई ब्रिफिङ दिएका छन्।
- प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा बजेटअनुसार समस्याहरू छिटो समाधान गर्ने योजना बनाउनु भएको छ।
१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।
छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।
‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’
साथै, प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।
‘प्राथमिकताका आधारमा, बजेटको आधारमा प्राथमिकता निर्धारण गरेर छिटोभन्दा छिटो समाधान गर्ने विषयमा उहाँको कुरा रह्यो,’ सांसद न्यौपानेले भने ।

प्रतिक्रिया 4