News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूहले आन्तरिक छलफल थालेको छ।
- कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएका छन्।
- पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले वक्तव्य जारी गरेका छन् र शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन्।
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ ।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएपछि कांग्रेस सभापति गगन थापासहित पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन् ।
असन्तुष्ट समूह समानन्तर गतिविधिमा सक्रिय भएपछि त्यस विषयबारे थापासहितका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
छलफलबारे एक पदाधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो औपचारिक बैठक होइन, अनौपचारिक छलफल हो ।’
प्रतिक्रिया 4