News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताउनुभयो।
- मन्त्रीस्तरीय निर्णयअनुसार तयारी कक्षा भने सञ्चालन गर्न पाउने उहाँले खुलाउनुभयो।
- एसईईको मानसिक असर र रिजल्ट निकाल्ने समय घटाउन ब्रिज कोर्स रोक्ने निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो।
१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् ।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तयारी कक्षा र ब्रिज कोर्स हटाउने निर्णय गरेका थिए । तर विवाद भएपछि उक्त सूचना मन्त्रालयबाट पनि हटाइएको थियो ।
‘एसईईलाई प्राथमिकतामा राखेर गरेको हो । एसईईको जाँचले मानसिक असर परेको हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘रिजल्ट आउन पनि समय लाग्ने । रिजल्ट निकाल्ने समयसमेत घटाएको छ । ११ को भर्नाको लागि ब्रिज कोर्समा तानातान हुन्छ । १० कक्षा सकिएपछिको रोक्ने हो ।’
१० कक्षा भन्दा माथिको तयारी कक्षा भने सञ्चालन गर्न पाउने उनको भनाइ छ ।
‘एमबीबीएस, इन्जिनियरिङ पढ्नेको कानुन बमोजिम गर्नेगरी हुन्छ । तत्कालको लागि एसईईपछिको रोकिने हो,’ उनले भने ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4