+
+
Shares

श्रम सहचारीहरूसँग श्रममन्त्रीको भचुर्अल मिटिङ : खाडीमा तत्काल नयाँ श्रम स्वीकृति नखोल्न सुझाव

आजको बैठकमा श्रम सहचारीहरूले हालको अवस्थामा नयाँ श्रम स्वीकृति जारी गर्न नहुने सुझाव दिएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २१:४१

१६ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी लगायत युद्ध प्रभावित देशहरूमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति नदिन सुझाव दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशमा रहेका श्रम सहचारीसँग गरेको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति जारी नगर्न सुझाव दिइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा इजरायल लगायत देशमा सुरक्षा खतरा बढिरहेको छ ।

युद्ध बढ्दै गएपछि श्रम मन्त्रालयले १७ फागुनदेखि साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो । तीमध्ये ७ देशमा पुन: श्रम स्वीकृति खुला गरेको थियो ।

आजको बैठकमा श्रम सहचारीहरूले हालको अवस्थामा नयाँ श्रम स्वीकृति जारी गर्न नहुने सुझाव दिएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘बिदामा गएका मान्छेहरू आउने हुन्, बिदामा गएका, नेपाल आएका, कम्पनीले बोलाएका, फर्किनुपर्ने टिकट भएका अथवा त्यस्ता मान्छेलाई पुन: श्रम स्वीकृति दिनु ठिकै छ,’ घिमिरेले भने, ‘तर, नयाँ श्रम स्वीकृति दिएर अहिले केही दिन नपठाउनु उपयुक्त हुने भन्ने खालको कुराहरू भयो ।’

सम्बन्धित देशमा श्रमिकहरूले आवासीय सुविधा उपलब्ध भए/नभएको, स्वास्थ्य परीक्षणको व्यवस्था, कार्यस्थलको सुरक्षा लगायत विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै मध्यपूर्व र पश्चिम एसिया लगायत मुलुकमा अहिलेको विषम परिस्थितिमा सम्बन्धित देशमा कार्यरत नेपाली श्रमिकको अवस्था तथा गुनासोका विषयमा समेत छलफल भएको प्रवक्ता घिमिरेले बताए ।

वैदेशिक रोजगार बोर्डबाट सेफ हाउस तथा सेल्टर सञ्चालनका लागि निकासा भएको रकम नियमित खर्च गर्ने, समयमा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने, दूतावास तथा श्रम कन्सुलर र श्रम सहचारी मार्फत गन्तव्य मुलुकमा आवश्यक सूचना प्रवाह गर्ने र प्राप्त गुनासो तथा सूचना यथाशक्य छिटो फर्छ्योटका लागि पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।

दूतावासहरूमा सञ्चालनमा रहेका सेफ हाउस, सेल्टरको मापदण्ड मस्यौदा तयार गर्नेबारे छलफल गरिएको प्रवक्ता घिमिरेले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?