+
+
Shares

एमाले सांसदले भने- कर्मचारीतन्त्र खत्तम, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईंहरु हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन्।
  • एमाले सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए, तर प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएका छन्।
  • प्रधानमन्त्रीले गेटा अस्पताल निर्माण र कैलाली-खक्रौला नाकादेखी चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणमा चासो राखेका छन् ।

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरे ।

एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए । तर, प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नै नदिएको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईंहरु हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’

त्यसबाहेक गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए ।

बालेनले भने, ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु । कहिले गरौँ ?’

सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका थिए । उनीहरूले कैलाली-खक्रौला नाकादेखी चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् ।

यसबारे प्रधानमन्त्रीले चासो राखेको ती सांसदले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?