+
+
Shares

सानेपामा कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:५१

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

गत शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मंगलबार त खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि कांग्रेस रुष्ट छ । खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् ।

त्यसैले यिनै विषयहरुमा आज अनुशासन समितिमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?