+
+
Shares

७४ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६ अंकमा कायम भएको छ।
  • बजारमा १३ कम्पनीको मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।
  • आज कारोबार रकम १२ अर्ब १० करोड पुगेको छ, जुन अघिल्लो दिनभन्दा करिब १ अर्ब बढी हो।

१८ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो ।

बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । १३ कम्पनीको मूल्य बढ्यो, २५५ को घट्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो । नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भयो ।

त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ७.२८, नेसनल हाइड्रोपावरको ७.१७, शिवश्री हाइड्रोपावरको ७.००, हिमाल दोलखा हाइड्रोपावरको ६.४१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?