+
+
Shares

अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:४०

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो ।

‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय भएको छ,’ अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

उनका अनुसार निम्न व्यक्तिको हकमा हुनेछ अनुशासनको कारबाही–

  • निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेकाको बारेमा ।
  • निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
  • पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षलाई टेवा पुर्‍याएका ।
  • नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
  • नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भइ प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?