News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बिहीबार बिहान मन्त्रालयमा सहकारी पीडितसँग छलफल सुरु गरेकी छन्।
- सरकारले सहकारी पिडितको रकम १०० दिनभित्र बचत फिर्ता गर्ने प्रतिबद्धता गरेको छ।
- मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको र साना बचतकर्तालाई राहत दिने बताइन्।
१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग छलफल सुरु गरेकी छन् । बिहीबार बिहान मन्त्रालयमा सहकारी पीडितहरू बोलाएर मन्त्री रावलले छलफल सुरु गरेकी हुन् ।
रास्वपाले वाचापत्रमा राखे अनुसार सरकारले सहकारी पिडितको रकम १०० दिनबाट बचत फिर्ता गर्न प्रतिबद्धता गरेको छ । विभिन्न सहकारीका पीडितहरूले मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखेको उनको सचिवालयले जानकारी गराएको छ ।
मन्त्री रावलले वर्तमान सरकारले सहकारी पीडितहरूको समस्या समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको पीडितहरूलाई जानकारी गराएकी थिइन् ।
‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ पीडितलाई आवश्वस्त पार्दै भनिन् ।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको मन्त्री रावलले जानकारी गराइन् । साना बचतकर्ताहरूलाई राहतलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्री रावलले भनाइ छ ।
प्रतिक्रिया 4