News Summary
Generated by OK AI. Editorially reviewed.- माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण बिहीबारदेखि सुरु भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।
- परीक्षणको काम तीन दिनभित्र सक्ने तयारी छ।
- आफ्नो विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने व्यवस्था गरिएको छ।
१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।
बिहीबार (आज) देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण आजैबाट सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको हो ।
‘पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी छ,’ उनले भने ।
केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम हुनेछ । जुन विद्यालयको विद्यार्थी हो त्यो विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन् ।
‘आफ्नो विद्यालयको शिक्षकले आफ्नो विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न मिल्दैन । एउटा विद्यालयको शिक्षकले अर्को विद्यालयको विद्यार्थीको परीक्षण गर्नेगरी रोस्टर बनाएको छ,’ नियन्त्रक अधिकारीले भने ।
उत्तरपुस्तिका परीक्षण सकेर एक महिानाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।
यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईईका लागि फारम भरेका थिए । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4