+
+
Shares

सुदूरपश्चिम प्रदेश सभा अधिवेशन २४ चैतका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन २४ चैत दिउँसो ४ बजे आह्वान गरिएको छ।
  • प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन आह्वान गरेका हुन् ।
  • मन्त्रिपरिषद्को बैठकले बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

१९ चैत, धनगढी। सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन् ।

मियाँले सरकारको सिफारिसअनुसार २४ चैतमा दिउँसो ४ बजे बस्नेगरी बैठक आह्वान गरेका छन् ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?