News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ।
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम बालबालिकालाई सहज सेवा उपलब्ध गराउने बताए।
- प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
१९ चैत, काठमाडौं । सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरू, सचिवहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमुना विद्यालय स्थापना गर्न लागको जानकारी दिए । उनले नमुना विद्यालय स्थापनाको कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गर्ने बताए ।
शिक्षामन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।
साथै, निर्माणाधीन विद्यालयहरूको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।सरकारले यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबीच समन्वय गर्ने निर्णय गरेको छ । त्यसका लागि अवधारणा–पत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको छ ।
प्रतिक्रिया 4