+
+
Shares

शैक्षिक संस्थामा दुर्व्यवहार र शोषण छ ? सिधै मन्त्रालयमा टिपाउनुहोस् गुनासो

‘विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ,’ मन्त्री पोखरेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणका दोषीलाई कारबाही गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।
  • शिक्षा मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थामा हुने दुर्व्यवहार विरुद्ध ’शून्य सहनशीलता’ नीति अङ्गीकार गरिएको बताए।
  • मन्त्री पोखरेलले पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र गुनासो दर्ता गर्न आग्रह गरेका छन् ।

२५ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणका घटनाका दोषीलाई कारबाही गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ ।

शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ’शून्य सहनशीलता’ को नीति अङ्गीकार गर्दै संयन्त्र सञ्चालन गरिएको हो ।

‘विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुव्र्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ,’ मन्त्री पोखरेलले भने ।

पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले गुनासो दर्ता गर्न भनेका छन् । ‘सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?