News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले निर्वाचन अधिकृतका लागि प्रदान गरिएको गाडी फिर्ता गर्ने प्रक्रियामा रहेको जनाएको छ।
- मिति ०८२/५/२३ गतेको जेनजी आन्दोलनमा अदालतका गाडीहरू जलेर नष्ट भएको र तत्काल सवारी साधन आवश्यक भएको कारण गाडी हस्तान्तरणको प्रक्रिया भइरहेको अदालतले उल्लेख गरेको छ।
- काठमाडौं जिल्ला अदालतले अनलाइनखबरमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाएको छ।
१९ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निर्वाचनको समयमा निर्वाचन अधिकृतका लागि प्रदान गरिएको गाडी फिर्ता गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
बुधबार अनलाइखबरमा ‘काठमाडौं, ललितपुर र चितवनका निर्वाचन अधिकृतले फिर्ता गरेनन् गाडी‘ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।
सोही समाचारप्रति काठमाडौं जिल्ला अदालतले ध्यानाकर्षण भएको जनाएको हो ।
‘मिति ०८२/५/२३ गतेको जेनजी आन्दोलनका क्रममा यस अदालतका गाडीहरू जलेर नष्ट भएको र तत्काल यस अदालतमा सवारी साधनको आवश्यक भएको कारणले सो सवारी साधन यस अदालतको प्रयोजनका लागि हस्तान्तरणको प्रक्रियामा रहेको’ अदालतले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
यस्तो छ अदालतको ध्यानाकर्षण पत्र

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4