+
+
Shares

मन्त्रीहरूलाई आफ्ना जिल्लाका समस्या बुझाउँदै सांसद राई

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुसँग राखेको छलफलमा श्रम संस्कृति पार्टीका सांसद गएका थिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १५:२५

२० चैत, काठमाडौ । प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको सुरक्षासँग जोडिएका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

खोटाङबाट निर्वाचित राईले केपिलासगढी, छितापोखरी, भडारेघाट लगायत प्रहरी चौकी भवन निर्माणसँग सम्बन्धित मागपत्र बुझाएका छन् । ‘सुरक्षासँग सम्बन्धित समस्याहरु आज गृहमन्त्रीलाई बुझाएको छु,’ सांसद राईले भने, ‘अब अरु विषयगत मन्त्रालय पुगेर जिल्लाका जनताका समस्याहरु राख्नेछु ।’

उनका अनुसार अब बाँकी मन्त्रालयमा पनि चाँडै ज्ञापनपत्र बुझाउने तयारी छ । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग राखेको छलफलमा श्रम संस्कृति पार्टीका सांसद गएका थिएनन् ।

पार्टीको नीतिअनुसार प्रदेशगत सांसदहरूको भेलामा नगएका सांसद राईले छुट्टा–छुट्टै मन्त्रालय पुगेर ज्ञापनपत्र मार्फत जिल्लाको समस्या राख्न थालेका हुन् ।

उक्त पार्टीका नेताहरुका अनुसार अरु सांसदहरुले पनि मन्त्रालय पुगेरै जिल्लाका समस्याहरू बुझाउने तयारी भइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?