२० चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरिएको छ ।
मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ ।
‘मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदछु,’ मन्त्री पौडेलले स्टाटस लेखेका छन् ।
मन्त्रालय र अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्वीरहरू प्रयोग गरी केही व्यक्तिले दुरुपयोग गरेको उनले मन्त्री पौडेलले जानकारी गराएका छन् ।
‘मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको सूचना प्राप्त भएको छ,’ उनले भनेका छन्, ‘यसले मेरो तथा सचिवालय टीमको गम्भीर ध्यानाकर्षण गरेको छ ।’
प्रतिक्रिया 4