२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको हो ।
‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै उपमहासचिव लेखराज भट्टले भने ।
साथै, उक्त निर्णयले वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको एमालेले बताएको छ ।
‘बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ । यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ,’ एमालेले निर्णयमा भनेको छ ।
प्रतिक्रिया 4