News Summary
Generated by OK AI. Editorially reviewed.- नेता नैनसिंह महरले नेपाली कांग्रेसका पुराना मान्यता र कार्यशैली विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।
- महरले २०४८ सालको मानसिकता लिएर २०८२ सालको चुनाव लड्नु गल्ती भएको र कांग्रेसको हारको कारण जडता रहेको उल्लेख गरे।
- उनले कांग्रेसभित्रको गुटबन्दीलाई 'फेभिकोल एकता' भने र नयाँ डिजिटल पुस्तासँग जोडिनुपर्ने बताए।
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका सबै पुराना मान्यता र कार्यशैलीलाई विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेसका पुराना मान्यता र कार्यशैली विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती गर्यौं,’ महरले भने, ‘जहाँ न प्रश्नपत्र मिल्यो, न उत्तर मिल्यो ।’
प्रतिनिधिसभा निर्वाचनमा काग्रेसको हारको प्रमुख कारण समयचेतमा देखिएको जडता रहेको नेता महरको भनाइ छ ।
‘समाजले चेतना र प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ,’ उनले भने, ‘कांग्रेसको नेतृत्व र कार्यशैली अझै पनि मुम्बईबाट आएका माइक र पम्प्लेट बाँडेर चुनाव जित्ने पुरानो ढर्रामै अल्झिएको छ ।’
निर्वाचनमा पार्टीले बेहोरेको क्षति चुनावी हारको कुरामात्रै नभएर समाजको बदलिएको ‘सोसियोलोजी’ बुझ्न नसक्नुको परिणाम भएको महरले बताए ।
बीपी कोइरालाको नाम जपेरमात्र नपुग्ने भन्दै उनले बीपीले परिकल्पना गरेको ‘उत्तर आधुनिक’ नेपालको नयाँ स्वरूपलाई आजको ‘डिजिटल पुस्ता’ सँग जोड्न सक्नुपर्ने बताए ।
कांग्रेसभित्रको चिरस्थायी रोग ‘गुटबन्दी’ लाई नेता महरले ‘फेभिकोल एकता’ को संज्ञा दिए ।
‘हामीलाई फेभिकोलले जोडेको काँचको टुक्रा जस्तो कांग्रेस चाहिएको छैन,’ उनले भने, ‘फेभिकोलले बाहिरबाट त जोडेको देखिन्छ, तर भित्रबाट त्यो सधैं चर्किएकै हुन्छ र सानो धक्का लाग्दा धुजाधुजा हुन्छ ।’
प्रतिक्रिया 4