+
+
Shares

इरानको दाबी– देशको दक्षिणमा पेट्रोकेमिकल कम्प्लेक्समा हमला भयो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको माहशहर पेट्रोकेमिकल कम्प्लेक्स र बन्दर इमाम पेट्रोकेमिकल कम्पनीमा हमला भएको छ।
  • इरानले हमलामा अमेरिका र इजरायलको हात रहेको दाबी गरेको छ।
  • पेट्रोकेमिकल स्पेशल इकोनोमिक जोन संगठनले कर्मचारीहरूलाई सुरक्षित बाहिर निकालिएको जनाएको छ।

२१ चैत, काठमाडौं । इरानको पेट्रोकेमिकल उद्योगको अहम हिस्सा मानिने दुई स्थानमा हमला भएको छ । माहशहर पेट्रोकेमिकल कम्प्लेक्स र बन्दर इमाम पेट्रोकेमिकल कम्पनी हमला भएको हो ।

इरानको दक्षिणी खुजेस्तान प्रान्तका डेपुटी गभर्नर (सुरक्षा) वलिउल्लाह हयातीले माहशहर पेट्रोकेमिकल कम्प्लेक्समा हमला भएको पुष्टि गरेका छन् । उनले बन्दर इमाम पेट्रोकेमिकल कम्पनीमा पनि हमला भएको बताएका छन् ।

इरानले हमलामा अमेरिका र इजरायलको हात रहेको दाबी गरेको छ । इरानी मिडियाका अनुसार हमलामा अहिलेसम्म पाँच जना घाइते भएका छन् ।

इरानको पेट्रोकेमिकल उद्योगका लागि महत्वपूर्ण मानिने दुवै संयन्त्रमा तेल र ग्याससँग सम्बन्धित उत्पादन हुने गरेको बीबीसीले जनाएको छ ।

बीबीसीले समाचारमा भनेको छ, ‘देश (इरान) को दक्षिणमा अवस्थित यी केन्द्र उत्पादन र निर्यात दुवैका लागि महत्वपूर्ण छन् ।’

पेट्रोकेमिकल स्पेशल इकोनोमिक जोन संगठनले औद्योगिक क्षेत्रबाट कर्मचारीहरूलाई सुरक्षित बाहिर निकालिएको जनाएको छ ।

उता इजरायली सेना (आईडीएफ) ले बीबीसीसँग भनेको छ, ‘यसबारे सामान्य रूपले कुनै टिप्पणी गर्न सक्दैनौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?