+
+
Shares

संखुवासभामा जिल्लाबाटै पेन्सन पट्टा वितरण सुरु

भविन कार्की भविन कार्की
२०८२ चैत २१ गते १६:५४

२१ चैत, संखुवासभा । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सेवा निवृत्त कर्मचारीका लागि पेन्सन पट्टा वितरण कार्य सुरु गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले पहिलो पटक जिल्लाबाटै पेन्सन पट्टा वितरण गरेको हो । यससँगै अब सेवा निवृत्त कर्मचारीले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

कार्यालयले सेवा निवृत्त कर्मचारी रुद्र बुढाथोकीलाई पहिलो सेवाग्राहीका रूपमा पेन्सन पट्टा हस्तान्तरण गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख चिरञ्जिवी अधिकारीले बताए ।

कोलेनिका प्रमुख अधिकारीले बुढाथोकीलाई पट्टा हस्तान्तरण गरे । यसअघि निजामती सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीहरूले पेन्सन पट्टा बनाउन राष्ट्रिय किताबखाना पुलचोक र पेन्सन कार्यालय त्रिपुरेश्वर पुग्नुपर्ने, जसका लागि २–४ दिन समय र अतिरिक्त खर्च लाग्ने गरेको थियो ।

तर, अब ‘ई–पेन्सन सेवा’ मार्फत जिल्लाबाटै सेवा सुरु भएपछि प्रक्रिया सहज बनेको कार्यालयका प्रमुख अधिकारीले बताए । उनका अनुसार अवकाश वा राजीनामा स्वीकृत भएका कर्मचारीहरूको पेन्सन पट्टा अब डिजिटल प्रणालीमार्फत तयार हुने छ ।

सेवा निवृत्त भएपछि कर्मचारीले आवश्यक कागजात कोलेनिका कार्यालयमा पेश गरेपछि उक्त विवरण अनलाइन प्रणालीमा अपलोड गरिनेछ । त्यसपछि सम्बन्धित कार्यालयबाट हस्ताक्षरित पट्टा कोलेनिकामा पठाइने र सेवाग्राहीलाई हस्तान्तरण गरिने व्यवस्था गरिएको छ । जिल्लाबाटै सेवा प्राप्त गर्न पाएपछि निकै सहज भएको सिचाई कार्यालयबाट सेवा निवृत्त कर्मचारी रुद्र बुढाथोकीले बताए ।

‘काठमाडौँ जानु नपर्ने भयो, त्यहाँ बस्दा लाग्ने खर्च पनि बचत भएको छ,’  सेवा निवृत्त कर्मचारी बुढाथोकीले बताए ।

छोटो समयमा पहिलो सेवाग्राहीका रूपमा सेवा लिन पाउँदा आफू अत्यन्त खुसी भएको उनको भनाइ छ । यस नयाँ प्रणालीले जिल्लास्तरमै छिटो, सस्तो र प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?