+
+
Shares

धमेन्द्र झाको पुस्तक जगन्मुक्ति लोकार्पण

साहित्यमा धर्मेन्द्र विह्वल उपनामले परिचित झाले हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्र किनारास्थित जगन्नाथसम्मको नियात्रालाई सो पुस्तकमा समेटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते २१:४५

२१ चैत, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ ।

पुस्तक नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जगन्मुक्ति लोकार्पण गरेका हुन् ।

साहित्यमा धर्मेन्द्र विह्वल उपनामले परिचित झाले हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्र किनारास्थित जगन्नाथसम्मको नियात्रालाई सो पुस्तकमा समेटेका छन् ।

मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रूपमा जगन्मुक्ति रहेको बताउँदै लेखक झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो उपयोगी बन्ने विश्वास व्यक्त गरे । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीको सङ्ख्या बढेको उल्लेख गर्दै उनले भने, ‘प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालग्रामको केन्द्र हो ।’

यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई कुल १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न महत्तवपूर्ण तस्वीर पनि समावेश गरिएको छ ।

झाका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद), ‘गोनुु झाका कथाहरू’लगायत विभिन्न कृति प्रकाशित छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?