+
+
Shares

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका ७ नेपाली ‘डिस्चार्ज’

६ नेपाली यसअघि नै डिस्चार्ज भएका थिए भने १ जनाको हातमा चोट लागेका कारण उपचार गराइरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईको अबजान क्षेत्रमा ड्रोन अवशेष खस्दा घाइते भएका सातै जना नेपाली उपचारपछि डिस्चार्ज भएका छन्।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सबै घाइते डिस्चार्ज भइसकेको जानकारी दिए।
  • यूएईस्थित नेपाली दूतावासले सबै घाइतेसँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको थियो।

२२ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा ड्रोन अवशेष खस्दा घाइते भएका सातै जना नेपाली डिस्चार्ज भएका छन् । शुक्रबार अबुधाबीको अबजान क्षेत्रमा ड्रोनको अवशेष खस्दा ७ जना नेपाली सहित १२ जना घाइते भएका थिए ।

घाइतेहरू उपचारपछि ‘डिस्चार्ज’ भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ६ जना यसअघि नै डिस्चार्ज भएका थिए भने १ जनाको हातमा चोट लागेका कारण उपचार गराइरहेका थिए ।

ती व्यक्ति डिस्चार्ज भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । गम्भीर घाइते भएका व्यक्तिको हातमा चोट लागेको थियो । तर, उनी पनि उपचारपछि डिस्चार्ज भइसकेको प्रवक्ता क्षेत्रीले बताए ।

यूएईस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै चासो देखाएको थियो । दूतावासले घाइते भएका सबैसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?