+
+

रारा जलवायु सम्मेलनमा सरकार सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २ गते १७:०६

२ असोज काठमाडौं । विश्वकै उच्च हिमाली क्षेत्रमा अवस्थितमध्येको प्रमुख ताल मानिने मगुस्थित रारा तालमा आयोजना हुने जलवायु सम्मेलनमा नेपाल सरकारले सहभागिता जनाउने औपचारिक जानकारी दिएको छ ।

वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले बिहीबार मन्त्रालयमै आयोजित कार्यक्रममा रारा जलवायु सम्मेलनमा सरकारको सहयोग र सहभागित हुने बताए । सचिव पौडेलले भने-‘उच्च हिमाली क्षेत्रमा अवस्थित रारा ताललाई विश्वकै उत्कृष्ट गन्तव्यभित्र पार्न र जलवायु परिर्वतनबाट हिमाली जनजीवनमा परेको असरबारे विश्व समुदायलाई जानकारी गराउन पनि यो सम्मेलन महत्वपूर्ण छ ।’

सचिव पौडेलले सरकारले कणर्ाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डार्कसँग मिलेर रारा सम्मेलन सफल बनाउने प्रष्ट पारे । ‘सरकारले धेरै आर्थिक सहयोग गर्न सक्दैन तर हिस्सेदार बन्छ’ उनले भने ।

कार्यक्रममा किर्डार्कका कार्यकारी निर्देशक मिनवहादुर शाहीले सम्मेलनको उद्देश्य कर्णालीलाई विश्वकै सपना गन्तव्य बनाउनु रहेको जानकारी दिए । शाहीले भने-‘रारामा जलवायु सम्मेलन आयोजना गरेर हामीले रारालाई ग्लोबल डि्रम डेस्टिेनशन बनाउन खोजेका हौं ।’

कार्यक्रममा हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद तथा अधिकारकर्मीहरुले रारालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सुझाव दिएका थिए ।

‘सोलुखुम्बुले डलर कमाउन सक्छ भने मुगुले किन सक्दैन ?’ पूर्व सभासद लक्की शेर्पाले भनिन् ‘रारालाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउन यो सम्मेलन प्रभावकारी हुन सक्छ’ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने मान्छे र त्यहाँको प्राकृतिक स्रोत बचाउन रारा तालमा कात्तिक १३ र १४ गते जलवायु सम्मेलन आयोजना हुदैछ ।

समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा मुगु जिल्लामा अवस्थित रारा ताललाई प्रकृतिको उपचार र स्वर्गकी अप्सरा समेत भनिन्छ ।

रारामा पुग्न यातायात सुबिधा नभएको र त्यस क्षेत्रमा होटलहरु पनि नभएकाले सम्मेलनका सहभागीहरुलाई रारा किनारामा पाल टाँगेर राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?