+
+
Shares

प्रारम्भिक कारोबारमा सम्हालियो सेयर बजार, रिलायन्समा बिक्री चाप

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार पहिलो एक घण्टामा ५८ अंकले बढेर नेप्से परिसूचक २७३५ अंकमा पुगेको छ।
  • पहिलो एक घण्टामा ३ अर्ब ७१ करोडको कारोबार भएको छ र २५६ कम्पनीको मूल्य बढेको छ।
  • भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको छ।

२३ चैत, काठमाडौं । सोमबार प्रारम्भिक कारोबारमा सेयर बजार सम्हालिएको छ । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार पहिलो एक घण्टामा ५८ अंक बढेको हो ।

सो वृद्धिसँगै १२ बजे नेप्से परिसूचक २७३५ अंकमा रहेको छ । कारोबार रकम पनि बढ्ने संकेत देखिएको छ । पहिलो एक घन्टामै ३ अर्ब ७१ करोडको कारोबार भएको छ ।

२५६ कम्पनीको मूल्य बढेको छ भने १० को घटेको छ । अधिकांश समूहका सूचक बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन २ प्रतिशतभन्दा धेरै बढेका छन् । हाइड्रोपावर ३ प्रतिशत बढेको छ ।

त्यस्तै व्यापार, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी १ प्रतिशतभन्दा धेरैले बढेका छन् । ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेकामा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन छन् ।

अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य पहिलो एक घन्टामा ५.७ प्रतिशत घटेको छ ।

पहिलो एक घण्टामा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र एसवाई प्यानल छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?