+
+
Shares

भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भयो : निशा डाँगी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताइन्।
  • उनले भनिन्, 'भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ।'
  • नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका सवारीसाधनहरू फिर्ता जानुपर्ने भए पनि व्यवहारमा नेपालमै सञ्चालन भइरहेको उनले सरकारको ध्यानाकर्षण गरिन्।
  • भारतीय गाडी नेपालमा दुर्घटनामा परे क्षतिपुर्तिमा समस्या रहेको पनि उनले बताइन्।

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ ।’

नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका सवारीसाधानहरू फिर्ता जानुपर्ने हो । तर व्यवहारमा त्यस्ता सवारीसाधनहरू नेपालमै निजी तथा सार्वजनिक रुपमा सञ्चालन भइराखेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

यसले गर्दा उच्च भन्सार तिरेर नेपाली नम्बर प्लेटमा प्रत्यक्ष असर परिरहेको पनि उनले बताएकी छन् ।

भारतीय गाडी नेपालमा दुर्घटनामा परे क्षतिपुर्तिमा समस्या रहेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?